बलान नदी नियन्त्रणमा सघाउने प्रतिबद्धता
सिरहा | साउन ११, २०८१
सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदी किनारमा तटबन्ध नहुँदा त्यस भेगका किसानको जमिन बर्सेनि कटानमा पर्दै आएको छ ।
मधेस प्रदेशसभाको प्राकृतिक स्रोत तथा वातावरण समिति र विकास समितिका सदस्यहरूले संयुक्त रूपमा उक्त क्षेत्रको निरीक्षण गरेका छन् । त्यस क्रममा उनीहरूले नदी नियन्त्रणका लागि सार्थक पहल गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
बलान नदीले लहान–४ मा रहेको नयाँ बस्ती इस्लामपुर र सुन्दरपुर तथा लहान–२३ मा भएको कटानको प्रदेशसभाका सदस्य मनोजकुमार सिंह, ममता मण्डल, नुरुल निसा, सञ्जिला यादव र राजेन्द्रप्रसाद चौधरीले नदीकटान रोक्न प्रयत्न गर्ने प्रतिबद्धता जनाए ।
यसअघि तत्कालीन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवदेखि सङ्घीयमन्त्री तथा प्रदेशका मन्त्रीहरूले पटकपटक बलान नदीबाट भएको कटानको निरीक्षण गरे पनि समस्या समाधानका लागि ठोस प्रयास नगरेको गुनासो जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोले गरे।
केही दिनअघि लहान–२३ मा बाढीले मात्रै तीन बिघा आँपबगैँचा कटान गरेको छ । यस वर्ष मधेस प्रदेश सरकारले रु ९५ लाख लागतमा दुई सय १५ मिटर र लहान नगरपालिकाले रु ५० लाख लागतमा सय मिटर तटबन्ध निर्माण गरे तापनि कटान रोकिएको छैन ।
उत्तर–दक्षिण भएर बग्ने बलान नदीले १५ वर्षअघि धार परिवर्तन गरी पूर्व–पश्चिम मोडिएर बस्तीतिर सोझिएपछि विपद् सुरु भएको पीडितहरू बताउँछन् ।
त्यसयता लहान नगरपालिका–३, ४, ५, ९, १०, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिका–३ र ४ तथा भगवानपुर गाउँपालिका–१, ३ र ४ वडाअन्तर्गतका कयौँ बस्ती बाढी, डुबान र कटानको उच्च जोखिममा रहेको सखुवानन्कारकट्टी गाउँपालिकाको–४ का हरिलाल यादवले बताए ।
उक्त नदीले बसनपुरमा २२ बिघा, कञ्चनपुर मौजीमा ५१ बिघा, सिम्राहा मौजीमा ८४ बिघा उर्वर खेत कटान गरिसकेको छ भने सयौँ बिघा नम्बरी जग्गा बगर बनेको छ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...
मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशान...

